Dhulikhel Eco Banner new

श्रृजनशील लघुवित्तद्धारा कर्मचारी माग

3.3K
shares

काठमाडौं, २१ फागुन । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको र राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले कनिष्ठ फिल्ड सहायक (प्रशिक्षार्थी) पदको सहायक श्रेणीमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो।

कुनै पनि विषयबाट प्लस टू पास गरेकाले यसमा आवेदन दिन पाउनेछन भने वाणिज्य, अर्थ र गणित विषयबाट प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।

उमेरको हदमा १८ वर्ष पूरा भई ३५ (महिलाको हकमा ४०) वर्ष ननाघेको हुनु पर्नेछ। लिखित, फिल्ड अवधारणा र अन्तर्वार्ता पास गरेपछि ६ महीना तालिम र ६ महीना परीक्षणकालपछि स्थायी गरिने जनाएको छ। योग्य तथा इच्छुक व्यक्तिले चैत ७ गते भित्र आवेदन दिइसक्नु पर्नेछ।