Dhulikhel Eco Banner new

अवैध रुपमा अमेरिका बसेका नेपाली चार्टर जहाजमार्फत फिर्ता

2.74K
shares

काठमाडौं, २१ फागुन । अमेरिकाले अवैध रुपमा अमेरिका बसिरहेका नेपालीलाई स्वदेश फर्काइदिएको छ। अमेरिकी सरकारले अवैध आप्रवासी निष्कासन गर्ने आफ्नो नीति अनुसार, बुधवार १० जना नेपालीलाई नेपाल फर्काएको हो।

उक्त नेपालीहरूको चार्टर विमान बुधवार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। यो विमान अमेरिकाको न्यु ह्याम्पसायर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं आएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासी निष्कासन सम्बन्धी नीतिको भाग स्वरुप, यी १० नेपालीलाई नेपाल फर्काइएको हो। यसअघि, २७ नेपाली काठमाडौं फर्किएका थिए, तर यो पहिलो पटक हो जब अमेरिका सरकारले नेपाली नागरिकलाई नेपालमै ल्याएर छोडिदिएको छ।