Dhulikhel Eco Banner new

ग्लोबल मनी विक मनाउदै राष्ट्र बैंक

3.39K
shares

काठमाडौं, २१ फागुन । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी विक (जीएमडब्ल्यू) २०२५ मनाउने भएको छ । चैत ४ देखि १० गतेसम्म जीएमडब्ल्यू मनाउने बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार मनी विकले वित्तीय ज्ञान, सीप र व्यवहारको विकास गर्ने उद्देश्य राखेको छ । उक्त अभियानले बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने बताइएको छ ।

विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवा माझ पुगिसकेको  बैंकले जनाएको छ ।

आर्थिक सहयोग र विकास सङ्गठन (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष (जीएमडब्ल्यू) विश्वभर मनाउने गरिएको छ ।