सामान्य अंकले घटेको शेयरमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ फागुन २२ बिहीवार १५:२०
shares

काठमाडौं, २२ फागुन । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार २.७० अंकले घटेर २,८१८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब १० करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र भगोल इनर्जीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।
यसदिन उपकार लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने राप्ती हाइड्रोका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ७.८ प्रतिशतका दरले कमाएका छन् ।



















