Dhulikhel Eco Banner new

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

3K
shares

काठमाडौं, २७ फागुन । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले १ लाख ११ हजार ४५३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ।

उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।