Dhulikhel Eco Banner new

शेयर बजारमा २०९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.07K
shares

काठमाडौं, २७ फागुन । मंगलवार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ३२.२१ अंकले घटेर २,७१९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०९ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ३९ करोडको कारोबार भएको हो ।

यसदिन उन्नति सहकारी लघुवित्तका लगानीकर्ताले ५.३६प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.७२प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनका लगानीकर्ताले ४.६८प्रतिशतका दरले गुमाएका छन् भने रिभर फल्स पावरका लगानीकर्ताले ४.५८प्रतिशतका दरले गुमाएका छन् ।