Dhulikhel Eco Banner new

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

3.11K
shares

काठमाडौं, १ चैत । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले सबैले किन्न पाउने गरी १० हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ निर्धारण गरेको छ। शेयर किन्न इच्छुक लगानीकर्ताहरूले आगामी चैत १४ गतेभित्र विराटनगरस्थित बैंकको कर्पोरेट कार्यालयमा निवेदन दिनु पर्नेछ।