Dhulikhel Eco Banner new

शेयरमा दोहोरो अंकले गिरावट, २०७ कम्पनीको शेयर मूल्य घट्यो

3.04K
shares

काठमाडौं, ३ चैत । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.६३ अंकले घटेर २,७१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ६ अर्ब ८३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.१९ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा ग्रिन विकास बैंककाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.९१ प्रतिशतका दरले गुमाएका छन् ।