Dhulikhel Eco Banner new

शेयर बजारमा २०७ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.34K
shares

काठमाडौं, ३ चैत । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.६३ अंकले घटेर २,७१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ६ अर्ब ८३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ७.९१ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ७.३३ प्रतिशतका दरले गुमाएका छन् भने विन लघुवित्तका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, प्रभु इन्स्योरेन्सका लगानीकर्ताले ६.३७ प्रतिशतका दरले गुमाएका छन् भने महालक्ष्मी बैंकका लगानीकर्ताले ५.११ प्रतिशतका दरले गुमाएका छन् ।