दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ चैत ६ बुधवार १५:१४
shares

काठमाडौं, ६ चैत । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १४.१८ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ५ अर्ब १४ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.३९ प्रतिशतका दरले बढेको छ ।
यसदिन गरिमा समृद्धि योजनाका लगानीकर्ताले ७.६९ प्रतिशतका दरले कमाएका छन् भने भुगोल इनर्जीका लगानीकर्ताले ७.३५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी ग्रिन विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् भने रावा इनर्जीका लगानीकर्ताले ३.५६ प्रतिशतका दरले कमाएका छन् ।



















