Dhulikhel Eco Banner new

कर्मचारी सञ्चय कोषमा रोजगारीको अवसर

3.11K
shares

काठमाडौं, ८ चैत । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

कोषले खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि कोषले प्रमुख सहायकदेखि प्रबन्धकसम्म ३८ जनाका लागि दरखास्त आह्वान गरेको हो।

कोषले प्रशासनतर्फ प्रमुख सहायक (पाँचौँ तह)मा २२ जना पदपूर्ति गर्न लागेको छ। सहायक प्रबन्धक (छैटौँ तह) तर्फ प्रशासन, कानुन र प्राविधिक तथा सूचना प्रविधिमा ११ जनाका लागि दरखास्त आह्वान गरिएको छ।

त्यस्तै उपप्रबन्धक (सातौँ तह)तर्फ चार्टर्ड एकाउन्टेन्ट ३ जना र प्रशासनमा १ जना पदपूर्तिका लागि कोष दरखास्त खुलाएको छ। आठौँ तहको प्रबन्धकमा पनि प्रशासनतर्फ १ जना कोषले पदपूर्ति गर्ने भएको छ।

इच्छुक योग्य व्यक्तिले यो सूचना प्रकाशित मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ।