Dhulikhel Eco Banner new

तत्कालीन गभर्नर अधिकारीले हस्ताक्षर गरेको पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा

3.13K
shares

काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट मंगलवारदेखि चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले मंगलवार सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ।

नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप, र तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहनेछ।

साथै, नोटको तल्लो भागमा वि.सं. २०८१ लेखिएको सिरियल नम्बर नेपाली भाषामा उल्लेख गरिएको हुनेछ। राष्ट्र बैंकका अनुसार, नोटमा तत्कालीन महाप्रसाद गभर्नर अधिकारीको हस्ताक्षर रहनेछ।