Dhulikhel Eco Banner new

सामसङले ल्यायो नेपाली बजारमा ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी

3.42K
shares

काठमाडौं, २ वैशाख । नेपाली नयाँ वर्ष २०८२ को सुरुवातसँगै सामसङले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधि र डिजाइनमा आधारित यो स्मार्टफोन १ टिबीको विशाल स्टोरेज, एआई(संवर्धित विशेषता र उच्च कार्यक्षमतासहित नेपाली उपभोक्ताहरूका लागि विशेष उपहारको रूपमा सार्वजनिक भएको हो ।

कम्पनीका अनुसार सामसङको यो डिभाइसमा समावेश गरिएको ‘वन युआई ७’ एआई–फर्स्ट प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक प्रयोगमा सहजता ल्याउने अपेक्षा गरिएको छ। यसमा ‘नाउ बार’ र ‘नाउ ब्रिफ’ फिचरमार्फत प्रयोगकर्ताले आवश्यक सूचना र समाचारहरू तुरुन्तै प्राप्त गर्न सक्छन् भने ‘सर्कल टु सर्च’ सुविधा प्रयोग गरी स्क्रिनमा देखिएका जानकारी सजिलै पहिचान गर्न सकिन्छ। यस्तै, ‘कल ट्रान्सक्रिप्ट’, ‘राइटिङ असिस्ट’, ‘ड्रइङ असिस्ट’ र शक्तिशाली मल्टिटास्किङ क्षमताहरूले स्मार्टफोनको उपयोग अझ सहज र प्रभावकारी बनाउने छन्।

स्मार्टफोन दुई आकर्षक रंगहरू – टाइटेनियम सिल्भरब्लु र टाइटेनियम ग्रेमा उपलब्ध छ। यसको मूल्य नेपाली बजारमा २ लाख ३४ हजार ९९९ निर्धारण गरिएको छ। ग्राहकहरूले यो डिभाइस हुलास फिनसर्भ हायर पर्चेज मार्फत उपलब्ध इन्स्टा फाइनान्स योजनामा मासिक ११ हजार ७५० किस्तामा ० प्रतिशत ब्याजदरमा सहज रूपमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । फाइनान्सका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक पर्ने व्यवस्था गरिएको छ।

सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड को सहकार्यमा १ वर्षको १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराउनेछ। साथै, पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिज किन्न चाहने ग्राहकहरूका लागि सबकोफोन र आर्कोस्टोर मार्फत एक्सचेन्ज सुविधा समेत प्रदान गरिएको जनाएको छ।

सामसङको यो नयाँ फ्ल्यागशिप स्मार्टफोनले नेपाली बजारमा प्राविधिक उन्नति र प्रयोगकर्तामैत्री सुविधाको नयाँ अध्यायको थालनी गर्ने विश्वास लिइएको छ।