Dhulikhel Eco Banner new

रिलायबल समृद्धि म्युचुअल फन्डमा आवेदन खुला

3.93K
shares

काठमाडौं, ३ वैशाख । रिलायबल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा सञ्चालनमा ल्याइएको बन्दमुखी म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ मा बुधबारदेखि आवेदन खुला भएको छ।

कुल १० करोड इकाइ जारी गरिने यस योजनामा प्रत्येक इकाइको मूल्य १० तोकिएको छ। कुल इकाइमध्ये १४ प्रतिशत योजना व्यवस्थापक रिलायबल क्यापिटल लिमिटेड र १५ प्रतिशत कोष प्रवर्द्धक रिलायबल लाइफ इन्स्योरेन्स लाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक रूपमा खुला गरिएको हो।

यस योजनामा लगानी गर्न चाहने व्यक्तिहरूले छिटोमा वैशाख ७ गतेसम्म र सो अवधिमा पूर्ण रूपमा इकाइ बिक्री नभएमा ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन्।

न्यूनतम १०० कित्ता र अधिकतम १ करोड कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन मेरोशेयर अनलाइन प्रणालीमार्फत दिन सकिने व्यवस्था छ। रिलायबल क्यापिटलका अनुसार १० वर्षपछि योजनाको सम्पूर्ण सम्पत्ति नगदमा परिणत गरी इकाइधनीहरूलाई वितरण गरिनेछ।