Dhulikhel Eco Banner new

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

3.8K
shares

काठमाडौं,८ वैशाख । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तलेको ८४ हजार कित्ता शेयर बिक्रीमा राखेका हो।

संस्थाकोे शेयर संस्थापक समूहको शेयर बिक्रीमा राखेका हो। हाललाई यी शेयर संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने संस्थाले जनाएको छ। निवेदन मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।