Dhulikhel Eco Banner new

अमेरिकाले एमसीसी अनुदान कार्यक्रम बन्द गर्ने निर्णयको अन्तिम चरणमा

3.29K
shares

काठमाडौं, ११ वैशाख । अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बन्द गर्ने निर्णय गरेको छ ।

विकासशील मुलुकहरुहरूसँग साझेदारी गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न विकासशील देशको आर्थिक स्तर उन्नतिका लागि भनेर दिइँदै आएको अनुदान सहयोग एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय अमेरिकी सरकारले गरेको हो ।

एलन मस्कको दक्षता विभागले संघीय खर्च घटाउने प्रयासको एक भागको रूपमा यो योजना बन्द गर्न लागिएको अन्तराष्टिय संचारमाध्यमले जनाएका छन् ।

परियोजना बन्द गर्ने बारे एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराइएको पनि समाचारमा उल्लेख गरिएको छ । आगामी मे ५ तारिखदेखि कर्मचारीहरूलाई प्रशासकीय बिदामा राखिने सम्भावना रहेको समेत जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयबाट स्वतन्त्र रूपमा सञ्चालित यो संस्थाले हाल २० वटा निम्न आय भएका देशहरूमा ५ दशमलव ४ अर्व अमेरिकी डलरभन्दा बढीका अनुदान कार्यान्वयन गर्दै आएको छ भने कतिपय देशमा भने कार्यान्वयन गर्ने सम्झौतामा हस्ताक्षर समेत भइसकेको छ ।