Dhulikhel Eco Banner new

समता लघुवित्तका ३ लाख ५२ हजार संस्थापक शेयर सर्वसाधारणमा परिणत

3.28K
shares

काठमाडौं, १२ वैशाख । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ५२ हजार ७२९.४५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ। कम्पनीले शेयर स्वामित्वमा परिवर्तन गर्दै संस्थापक समूहका केही शेयर सर्वसाधारणमा परिणत गरेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत समता लघुवित्तका हाल कुल ६२ लाख ९० हजार ५१५.६४ कित्ता शेयर रहेकोमा यसमध्ये ६३.८७ प्रतिशत शेयर संस्थापक समूहको स्वामित्वमा र ३६.१३ प्रतिशत शेयर सर्वसाधारण समूहको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ।

शेयर रूपान्तरणपछि अब संस्थापक समूहतर्फ ४० लाख १७ हजार ७५२.३५ कित्ता र सर्वसाधारण समूहतर्फ २२ लाख ७२ हजार ७६३.३० कित्ता शेयर कायम हुने गरी नेप्सेमा अभिलेख गरिएको छ।