Dhulikhel Eco Banner new

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?

3.25K
shares

काठमाडौं, १४ वैशाख । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको हो । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न ४ पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले चिफ अप्रेटिङ अफिसर, हेड इन्भेष्टमेन्ट बैकिङ्ग अफिसर लेभल र रिसर्च युनिट एसिस्टेन्ट लेभलमा एक जनाका दरले तथा ट्रेनी एसिस्टेन्टमा २ जना कर्मचारी माग गरेको छ ।

संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेद्वारले सम्बन्धित पदमा स्नातकदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी संस्थाको आधिकारीक वेबसाइट र इमेल मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।