सुन सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन
वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:०६
shares

काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीका संघ तथा महासंघहरूलाई व्यवसायीको लागि सुन सिफारिस गर्दा कुनै प्रकारको शुल्क नलिन निर्देशन दिएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै सुन आयात तथा वितरणसम्बन्धी कार्यविधिअनुसार सिफारिसमा कुनै शुल्क लिन नपाइने व्यवस्था रहेको भन्दै सम्बन्धित संघसंस्थालाई सचेत गराएको हो।
हाल पाँचवटा व्यवसायिक संघसंस्थाहरूले आफ्ना सदस्य व्यवसायीहरूको लागि वाणिज्य बैंकहरूमा सुन सिफारिस गर्दै आएका छन्। सोही सिफारिसको आधारमा वाणिज्य बैंकहरूले व्यवसायीहरूलाई दैनिक अधिकतम २० किलो सुन बिक्री गर्ने व्यवस्था रहेको छ।
राष्ट्र बैंकको निर्देशन अनुसार व्यवसायीहरू एउटै समयमा एकभन्दा बढी सिफारिस संघसंस्थामा दोहोरिन नपाउने व्यवस्था समेत लागू गरिएको छ।



















