Dhulikhel Eco Banner new

राष्ट्र बैंकले अवकाश कोषको १० करोड ८० लाख रुपैयाँ ब्याजमा लगानी गर्ने

3.45K
shares

काठमाडौं, ३१ वैशाख । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै उक्त रकम ३६६ दिन अवधिको लागि निक्षेपको रूपमा बैंकमा राख्ने निर्णय गरेको हो ।

सूचनाअनुसार कुल रकममध्ये ८ करोड ६४ लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकहरूका लागि, १ करोड ६२ लाख रुपैयाँ ‘ख’ वर्गका विकास बैंकहरूका लागि र ५४ लाख रुपैयाँ ‘ग’ वर्गका वित्तीय संस्थाहरूका लागि छुट्याइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले जेठ ३ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म अनलाइन आवेदन दिन सक्ने छन् । राष्ट्र बैंकको यो कदमले कर्मचारी सुरक्षण कोषको रकमलाई सुरक्षित ढंगले प्रयोग गर्दै वित्तीय प्रणालीमा स्थायित्व ल्याउने अपेक्षा गरिएको छ ।