Dhulikhel Eco Banner new

प्रतितोला १७ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.95K
shares

काठमाडौं, ८ जेठ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधवार ५ हजारले बढेर प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीबार चाँदी ३५ रुपैयाँले बढेको हो । बिहीबार चाँदीको मूल्य २ हजार २५ रुपैयाँ कायम भएको छ। हिजो भने चाँदी तोलाको १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो।