Dhulikhel Eco Banner new

राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर, तीन जनाको विभागीय सरुवा

4.36K
shares

काठमाडौं, २० जेठ । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरूको विभागीय जिम्मेवारीमा हेरफेर गरेको छ। गभर्नर डा. विश्व पौडेलले मंगलवारदेखि लागू हुनेगरी तीन जना कार्यकारी निर्देशकको विभाग परिवर्तन गरेका हुन्।

हालसम्म बैंक सुपरिवेक्षण विभागको जिम्मेवारी सम्हाल्दै आएका कार्यकारी निर्देशक रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागको प्रमुखको रूपमा तोकिएको छ।

उनको स्थानमा सुपरिवेक्षण विभागको नेतृत्व अब दीर्घबहादुर रावलले सम्हाल्ने भएका छन्। रावल आइतवारमात्र कार्यकारी निर्देशकमा बढुवा भएका थिए। बढुवाअघि उनी मुद्रा व्यवस्थापन विभागमा निर्देशकका रूपमा कार्यरत थिए।

यस्तै, कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ। यसअघि पौड्यालले मुद्रा व्यवस्थापन विभागको प्रमुखको रूपमा काम गरिरहेका थिए।