Dhulikhel Eco Banner new

शेयर बजारमा १६२ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.93K
shares

काठमाडौं, २५ जेठ । आइतवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ८.५६ अंकले घटेर २,६३२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ९ अर्ब १३ करोडको कारोबार भएको हो ।

शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले गुमाएका छन् भने समाज लघुवित्तका लगानीकर्ताले ८.३५ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ६.८० प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्तका लगानीकर्ताले ६.६२ प्रतिशतका दरले गुमाएका छन् ।