Dhulikhel Eco Banner new

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २३ औं वार्षिकोत्सव सम्पन्न

2.73K
shares

काठमाडौं, ३१ जेठ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत ७ वर्षदेखि बुंगमती, ललितपुर स्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा संस्थाको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा समेत उक्त सहयोग आगामी वर्षको लागि पनि निरन्तरता दिने गरी सो संस्थासंग सम्झौता गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

वार्षिकोत्सवको अवसरमा फाइनान्सले जेठ ३० गते नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सचांर सेवा केन्दको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागिता जनाउँदै आईरहेकोे र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिइने संस्थाका सूचना अधिकारी तथा सहायक महाप्रबन्धक अर्चना प्रधानले बताइन ।

संस्थाले आफ्नो २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा सम्पूर्ण ग्राहक तथा शेयरधनी महानुभावहरु, शुभचिन्तक, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायहरु प्रति आभार प्रकट गरेको छ । साथै आगामी दिनहरुमा अझ सुदृढ, सरल, विश्वसनिय तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।