Dhulikhel Eco Banner new

केदारनाथबाट फर्कंदै गरेको हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु

3.17K
shares

काठमाडौं, १ असार । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयाग जिल्लामा केदारनाथ मन्दिर दर्शन गरेर फर्कंदै गरेको एक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृतकमध्ये एक बच्चासहित यात्रु तथा पाइलट रहेका छन्।

आर्यन एभिएसन कम्पनीको उक्त हेलिकप्टर केदारनाथ दर्शनपछि गौरीकुण्डतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। भारतीय मिडियाका अनुसार खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

घटनास्थलमा खोज तथा उद्धार कार्यका लागि टोली परिचालन भइसकेको 5। दुर्घटनामा मृत्यु भएका यात्रुहरू उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका भएको बताइएको छ।