Dhulikhel Eco Banner new

दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि खुल्दै

3.89K
shares

काठमाडौं, १ असार । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयहरूलाई लक्षित गरी आफ्नो आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले कुल १ अर्ब ३ करोड ५ लाख रुपैयाँको जारी पूँजीमध्ये ३८.३३ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्रीमा ल्याउने भएको हो ।

कुल ३९ लाख ५० हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि ५८ हजार ३९० कित्ता र आयोजना प्रभावित स्थानीयवासीहरूका लागि १० लाख ३० हजार ५ सय कित्ता शेयर छुट्याइएको छ। आयोजनाबाट प्रभावित स्थानीयमा गुल्मी जिल्लाको मुसीकोट नगरपालिका, बाग्लुङ जिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका स्थायी बासिन्दाहरू रहेका छन्।

स्थानीयहरूले असार २३ गतेदेखि साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् भने उनीहरूका लागि ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरम खोला पावरहाउसमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले असार २३ गतेसम्म अनलाइन प्रणाली मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले बाग्लुङको गल्कोटमा ९।६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ अनुमान गरिएको छ र प्रति मेगावाट लागत २५ करोड रुपैयाँ पर्नेछ।