गरिमा क्यापिटलमा रोजगारीको अवसर
वि.सं.२०८२ असार १० मंगलवार १३:१२
shares

काठमाडौं, १० असार । गरिमा क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले बिजनेस एनालिस्ट दुई जना र मार्केटिङ म्यानेजर पदमा दुई जना कर्मचारी माग गरेको हो।
बिजनेस एनालिस्टले +२ वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ। यस्तै, मार्केटिङ म्यानेजरले व्यवसाय प्रशासन, वित्त, मार्केटिङ वा सम्बन्धित क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ।
यस्तै, सेल्स, मार्केटिङ वा क्लाइन्ट रिलेसनसिप रोलमा कम्तीमा १ वर्षको अनुभव भएको हुनु पर्नेछ। पुँजी बजार वा बैंक वित्तीय संस्थाहरूमा काम गरेको अनुभव भएकालाई प्राथमिकतामा दिइने कम्पनीको भनाइ छ।
बिजनेस एनालिस्टको उमेर २८ वर्ष र मार्केटिङ म्यानेजरको उमेर ४० वर्ष ननाघेको हुनस पर्नेछ। इच्छुकले असार २२ गतेसम्म आवेदन दिन सक्नेछन्।



















