उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ असार १८ बुधवार १५:१४
shares

काठमाडौं, १८ असार । बुधवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३४.६० अंकले बढेर २,६९५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ९ अर्ब ७४ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा ग्रिन विकास बैंक र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।
शेयर बजारमा नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् भने गुरास लघुवित्तका लगानीकर्ताले ९.१५ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सिन्धु विकास बैंकका लगानीकर्ताले ८.९२ प्रतिशतका दरले कमाएका छन् ।



















