प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन
वि.सं.२०८२ असार २० शुक्रवार ११:४०
2.99K
shares
shares

काठमाडौं, २० असार । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन्। बिहीबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत निर्णयसहित कार्कीलाई अध्यक्ष पदमा चयन गरेको हो।
बैंकको नेतृत्वमा अनुभवी व्यक्ति चयन भएको भन्दै बैंकले विश्वास व्यक्त गरेको छ कि कार्कीको अध्यक्षतामा बैंक अझ सुदृढ र विस्तारमुखी बन्नेछ।
त्यस्तै, बैंकको स्वतन्त्र सञ्चालकका रूपमा रमेशराज अर्याल नियुक्त भएका छन्। अर्यालले विगतमा विभिन्न सार्वजनिक तथा निजी संस्थाहरूमा व्यवस्थापकीय अनुभव हासिल गरेका छन्।



















