Dhulikhel Eco Banner new

महुली लघुवित्तको सीईओमा सिंह नियुक्त

2.73K
shares

काठमाडौं, २२ असार । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सरोज कुमार सिंहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ।

संस्थाको सञ्चालक समितिको १६७ औं बैठक असार २० गते बसेको बैठकले सिंहलाई चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

सिंहको नियुक्ति बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १६ को उपदफा (२) तथा नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ३(ख), ५(ख) र सोही ऐनको दफा २(क) तथा दफा २८ का प्रावधानअनुसार गरिएको हो।

सिंहको कार्यकाल २०८२ साल साउन १ गतेबाट सुरु भई २०८६ साल असार मसान्तसम्म कायम रहनेछ।