प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
वि.सं.२०८२ असार २३ सोमवार ०९:५२
2.7K
shares
shares

काठमाडौं, २३ असार । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिइएकोमा आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले अबको १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।



















