Dhulikhel Eco Banner new

खानी खोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

3.6K
shares

काठमाडौं, २६ असार । खानी खोला हाइड्रोपावरले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज असार २६ गते अन्तिम दिन रहेको छ।

खानी खोला हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने असार २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले भोलि असार २७ गते बुक क्लोज गर्ने तयारी गरेकाले आजभित्र नेप्सेमा कम्पनीको शेयर खरिद गरेका लगानीकर्ताहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृति अनुसार कम्पनीले १ः१ को अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार, एक कित्ता साधारण शेयर भएका शेयरधनीले एक कित्ता हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हालको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रहेको छ। हकप्रद शेयर प्रतिकित्ता १सय अंकित मूल्यमा निष्कासन गरिनेछ।
यद्यपि कम्पनीले हालसम्म हकप्रद शेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।