Dhulikhel Eco Banner new

११ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ प्रतिशतले वृद्धि

2.65K
shares

काठमाडौं, २६ असार । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ८ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५ खर्ब १७ अर्ब ६० करोड (८) प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५ खर्ब १४ अर्ब ५७ करोड (९) प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.० प्रतिशतले बढेको छ।

निक्षेपको संरचना हेर्दा २०८२ जेठ मसान्तसम्म चल्ती खाताको हिस्सा ५.७ प्रतिशत, बचत खाताको ३६.२ प्रतिशत र मुद्दती खाताको ५०.२ प्रतिशत रहेको छ।

अघिल्लो वर्ष यिनै खाताहरूको अंशक्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.५ प्रतिशत थियो।
यस अवधिमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३६.० प्रतिशतको तुलनामा सामान्य रूपमा घटेको देखिन्छ।