Dhulikhel Eco Banner new

यस्तो छ बुधवारका लागि विदेशी मुद्राको विनिमयदर

2.76K
shares

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा निर्धारण गरिएको हो ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर १६२ रुपैयाँ ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९० रुपैयाँ २१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।