Dhulikhel Eco Banner new

सामान्य अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.98K
shares

काठमाडौं, ८ साउन । बिहीवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ३.७६ अंकले बढेर २,९८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १८ अर्ब ४९ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा ग्रिन भेन्चर्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएको हो ।

यसदिन ट्रेड टावर, सान्भी इनर्जी र स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन हाइड्रोपावरका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् ।