शेयर बजारमा १८ अर्ब ४९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ साउन ८ बिहीवार १६:१३
2.73K
shares
shares

काठमाडौं, ८ साउन । शेयर बजारमा १८ अर्ब ४९ करोडको कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ७७ करोड २१ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन ङादी ग्रुप पावरको ७१ करोड ९१ लाख रुपैयाँ कारोबार भएको छ भने ग्रीन भेन्चर्सको ६६ करोड २८ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी, लुम्बिनी विकास बैंकको ५४ करोड ६५ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ५१ करोड ३० लाख रुपैयाँ कारोबार भएको छ ।



















