यस्तो छ शुक्रवारका लागि विदेशी विनिमयदर
वि.सं.२०८२ साउन ९ शुक्रवार १०:०४
shares

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको हो ।
अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६१ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा , युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।



















