Dhulikhel Eco Banner new

शेयर बजारमा २२६ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.64K
shares

काठमाडौं, १४ साउन । बुधवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ५२.८७ अंकले बढेर २,९४९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १६ अर्ब ४४ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा ग्रिन विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ८.०४ प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन कालिका पावरका लगानीकर्ताले ६.०१ प्रतिशतका दरले गुमाएका छन् भने सिवाइसि लघुवित्त र नाडेप लघुवित्तका लगानीकर्ताले ५.४२ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, स्वरोजगार लघुवित्तका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका छन् ।