यस्तो छ आइतवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८२ साउन १८ आइतवार १०:१९
shares

काठमाडौं, १८ साउन । नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको हो ।
युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।



















