दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम खुम्चियो
वि.सं.२०८२ साउन १९ सोमवार १६:०४
2.7K
shares
shares

काठमाडौं, १९ साउन । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.४६ अंकले घटेर २,८७५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १४० कम्पनीको शेयर मूल्य बढेको छ भने ११० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब ८२ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.८९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।



















