Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

2.8K
shares

काठमाडौं, १९ साउन । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १६.४६ अंकले घटेर २,८७५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४० कम्पनीको शेयर मूल्य बढेको छ भने ११० कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन १० अर्ब ८२ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.८९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन मैलुङ हाइड्रोपावरका लगानीकर्ताले ५.४९ प्रतिशतका दरले कमाएका छन् भने सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले ५.०७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, सवेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ४.८४ प्रतिशतका दरले कमाएका छन् भने सगरमाथा जलविद्युतका लगानीकर्ताले ४.३८ प्रतिशतका दरले कमाएका छन् ।