आरबीबी मर्चेन्ट बैंकिङद्वारा दुई म्युचुअल फन्डको लाभांश घोषणा
वि.सं.२०८२ साउन ३० शुक्रवार १६:२०
2.93K
shares
shares

काठमाडौं, ३० साउन । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले सञ्चालनमा रहेका दुई म्युचुअल फन्डका इकाइधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको हालै सम्पन्न बैठकले आरबीबी म्युचुअल फन्ड–१ र आरबीबी म्युचुअल फन्ड–२ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आरबीबी म्युचुअल फन्ड–१ का इकाइधनीहरूले २० प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् भने आरबीबी म्युचुअल फन्ड–२ का इकाइधनीहरूले १३ प्रतिशत नगद लाभांश पाउनेछन्। लाभांशमा कर समेत समावेश गरिएको कम्पनीले जनाएको छ।



















