दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ भदौ १ आइतवार १५:२८
shares

काठमाडौं, १ भदौ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २७.१४ अंकले घटेर २,७६२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ७ अर्ब ७३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा आरबीबी म्युचुअल फन्ड १का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ७.९३ प्रतिशतका दरले कमाएका छन् ।
यसदिन अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ६.२९ प्रतिशतका दरले कमाएका छन् भने कालीका पावरका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.७६ प्रतिशतका दरले कमाएका छन् भने मनाकामना इन्जीनेरीङका लगानीकर्ताले ४.७० प्रतिशतका दरले कमाएका छन् ।



















