Dhulikhel Eco Banner new

दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.87K
shares

काठमाडौं, २ भदौ । सोमवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.७५ अंकले बढेर २,७७२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ६ अर्ब १७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा युनियन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.१० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन अपर स्याङ्गे हाइड्रोपावरका लगानीकर्ताले ५.९४ प्रतिशतका दरले कमाएका छन् भने अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले ५.४३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी दोर्दी खोला हाइड्रोपावरका लगानीकर्ताले ४.७८ प्रतिशतका दरले कमाएका छन् भने लिबर्टी इनर्जीका लगानीकर्ताले ४.५४ प्रतिशतका दरले कमाएका छन् ।