Dhulikhel Eco Banner new

दशैं–तिहारमा हुन्डाईको “१० गुणा उपहार” अफर, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म जित्ने मौका

2.85K
shares

काठमाडौं, २ भदौ  । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले यस वर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष चाडपर्व अफर “दशैं–तिहार, १० गुणा उपहार” सार्वजनिक गरेको छ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, यो अफर अन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट पाउने छन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने मौका समेत उपलब्ध हुनेछ।

यस अफरमा २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पनि समावेश गरिएको छ। ग्राहकहरूले हरेक गाडी खरिदमा १ वर्षको निःशुल्क सम्पूर्ण बीमा (इन्स्योरेन्स) र सडक कर पनि निःशुल्क पाउने छन्।

ह्युन्डाईले आफ्ना सबै गाडीहरूमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सेवा दिने व्यवस्था गरेको छ, जसले कम्पनीको भरपर्दोपन र ग्राहक सन्तुष्तिप्रति रहेको प्रतिबद्धता दर्शाउँछ।

“दशैं–तिहार, १० गुणा उपहार” अफर भदौ २ गतेदेखि सुरु हुनेछ। लक्ष्मी इन्टरकन्टिनेन्टलले सबै इच्छुक ग्राहकहरूलाई नजिकको ह्युन्डाई शोरूममा गई यो अफरको फाइदा लिन आह्वान गरेको छ।