Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

2.61K
shares

काठमाडौं, १२ भदौ । बिहीवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३८.१० अंकले घटेर २,७८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ९ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा विकास हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएका छन् ।

यसदिन मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ३.६२ प्रतिशतका दरले कमाएका छन् भने थ्रिस्टार हाइड्रोपावरका लगानीकर्ताले ३.४१ प्रतिशतका दरले कमाएका छन् ।

त्यसेगरी एनएलजि इन्स्योरेन्सका लगानीकर्ताले ३.१९ प्रतिशतका दरले कमाएका छन् भने पिपुल्स पावरका लगानीकर्ताले ३.१७ प्रतिशतका दरले कमाएका छन् ।