Dhulikhel Eco Banner new

दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा पनि गिरावट

2.9K
shares

काठमाडौं, १७ भदौ । मंगलवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १९.८९ अंकले घटेर २७४१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ४३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, उन्नति सहकार्य लघुवित्त का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ७.४७ प्रतिशतका दरले गुमाएका हुन् ।