शेयर बजारमा १७३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ भदौ २२ आइतवार १५:४३
shares

काठमाडौं, २२ भदौ । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.५२ अंकले घटेर २७०८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब ४० करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन विकास हाइड्रोपावरका लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाएका छन् भने आइसिएफसि डिबेन्चर र सानिमा डिबेन्चरका लगानीकर्ताले ३.८८ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी, ओरेन्टल्स होटल्सका लगानीकर्ताले ३.७० प्रतिशतका दरले गुमाएका छन् ।



















