Dhulikhel Eco Banner new

कामना सेवा विकास बैंकको लाभांश घोषणा

2.78K
shares

काठमाडौं, २२ भदौ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १५.७८९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावअनुसार, बैंकले १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्नेछ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै शेयरधनीहरूले प्राप्त गर्न सक्नेछन्।