जेनजीको प्रदर्शन उग्र बनेपछि काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू
वि.सं.२०८२ भदौ २३ सोमवार १३:०२
shares

काठमाडौं, २३ भदौ । जेनजीहरूको आन्दोलन उग्र बन्दै गएपछि प्रशासनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अनुसार आज दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागू हुनेछ। प्रशासनले सुरक्षाको अवस्था नियन्त्रणबाहिर जान सक्ने भन्दै कर्फ्यू आदेश जारी गर्नुपरेको जनाएको छ।
नयाँ बानेश्वर क्षेत्र संघीय संसद् भवन अवस्थित स्थान हो, जहाँ आज जेनजी प्रदर्शनकारीले प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र प्रवेश गरेका थिए।
प्रदर्शन अझै उग्र बन्दै गएकाले प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेको हो। कर्फ्यू अवधिमा अनावश्यक आवतजावत र भीडभाडमा कडाई गरिएको छ।
सुरक्षाकर्मीहरू ठूलो संख्यामा तैनाथ गरिएका छन् भने झडप रोक्न संसद् क्षेत्र वरिपरि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।



















